काठमाडौँ तिनकुनेस्थित एप्पल इन्टरनेश्नल विद्यालयले गुणस्तरीय एवं गुणात्मक शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । विद्यार्थीमैत्री वातावरणमा जोड दिदैं आएको विद्यालयले व्यवहारिक र प्रयोगात्मक शिक्षालाई केन्द्रमा राखेर आफ्ना गतिविधि अघि बढाएको छ ।शिक्षा आत्मनिर्भरताको मुल तत्व हो ।

वि.सं २०६३ सालमा स्थापित एप्पलले सिकाईलाई अर्थपुर्ण र व्यवहारिक बनाउन बिद्यार्थीको सिप र क्षमता अनुसारको शिक्षा प्रदान गर्दै आइरहेको छ । एप्पलले अभिभावकको परामर्शमा विद्यालयका भौतिक, शैक्षिक र वातावणिय प्रक्रियाहरु विद्यार्थी केन्द्रित, दीर्घकालीन सोच र उपयोगमा आधारित भएर तय गर्दै आएको छ ।

विद्यालयको ध्येय,अबको शैक्षिक जनशक्ति गरिखान सक्ने, दक्ष र असली विज्ञ हुनुपर्छ भन्ने रहेको छ ।विद्यालय बालबालिकाको सिक्ने घर हो ।

बालबालिकाको वैयक्तिक र अन्तरवैयक्तिक सिप विकास गर्नका लागि एप्पलले सहयोग पु¥याउँदै आएको छ । यसै सन्दर्भमा विद्यालयका प्रधानाध्यापक यमनाथ मैनालीसँग गरिएको कुराकानीको सारसंक्षेपः

एप्पल स्कुलले शिक्षण सिकाई क्रियाकलापलाई कसरी अगाडी बढाएको छ ?
हामीले जिवनोपयोगी शिक्षालाई प्राथमिकतामा राखेका छौं । बालबालिकाहरु रमाउँदै समूहमा काम गर्न सिकून् भन्ने उद्देश्य लिएर अघि बढेका छौँ ।शिक्षालाई सिप, सिपलाई उत्पादन, उत्पादनलाई रोजगारसँग जोड्नुपर्ने कुरालाई केन्द्रमा राखेर पेडागोजि(शिक्षण रणनिति)तय गरेका छौं ।

सहुलियत शुल्कमा प्रतिस्पर्धात्मक जीवन उपयोगी गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएका छौं । एप्पलमा बालमनोविज्ञानलाई अत्यन्त नजिकबाट महसुस गरी विद्यार्थीहरुलाई शृजनशील अभ्यासमा कृयाशील गराई उनीहरुको क्षमताको अभिविद्धि गरिन्छ ।

अभिभावक, विद्यालय र शिक्षकबीचको सम्बन्धलाई विशेष प्राथमिकता दिई हरेक तिन महिनामा अभिभावक – शिक्षक भेला तथा अन्तरक्रियात्मक बैठकहरुको आयोजना गर्छौँ । विद्यार्थीको पोषण, अनुशासन र संस्कारमा विशेष निगरानी गरिन्छ ।

विद्यार्थीको रुचि अनुसार पनि सिकाई हुन्छ त ?
पक्कैपनि, शिक्षण, कला र विज्ञान दुबै हो । शिक्षण पद्धति वैज्ञानिक हुनुपर्छ र सिकाइ कलात्मक । अब हिजोको विधिले आजको शिक्षण सिकाई चल्दैन । सूचना र प्रविधिको विकास चरम छ,ज्ञान बिस्फोट अवस्थामा छ । त्यसैले सिकाइमा विधि र प्रविधिको प्रयोगको परिमार्जन गर्दै परिष्कृत ढंगले अघि बढेका छौं ।

विद्यार्थीको दक्षता, क्षमता र रुची अनुसार विभिन्न अतिरिक्त कृयाकलाप सञ्चालन गर्ने गरिएको छ । नृत्य, संगीत, खेलकुद, चित्रकला, टेक्नोलोजि(प्रविधि) र इन्नोभेसन (नवप्रवर्तन), पव्लीक स्पिकिंग (वाक कला), सोसल वर्क, आइसीटिहरु निरन्तर रुपमा सञ्चालनमाछन् । विद्यार्थीलाई जुन कुरामा बढी रुचि छ त्यहि विधामा सहभागि हुन अभिप्रेरित गरिन्छ ।

बालमैत्री वातावरण सिर्जना गरेर, बालकेन्द्रित सिकाईबाट विद्यार्थीको रुचि, चाहना र शैलीबाट सिक्ने स्वतन्त्रअवसर दिएर, गरेर सिक्ने वातावरण दिएर, जिज्ञासाको सहि अवसर र समाधान गरेर मौलिकताको विकास गर्नतर्फ हामी तत्पर छौँ ।

विद्यार्थीको शैक्षिकस्तर उकास्न के—के कार्य गर्नुहुन्छ ?
हरेक बर्ष कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई तिहार लगत्तै फेका, प्याव्सन जस्ता संस्थाहरुद्वारा संचालन हुने सामुहिक बुस्टअप परीक्षामा विभिन्न विद्यालयका एक हजार भन्दा बढी विद्यार्थीहरुसँग प्रतिस्पर्धा गराई एसईई तथा अन्तिम परीक्षाको लागि विद्यार्थीहरुलाई तयार गराईन्छ ।

यस्तै, पढाईमा विशेष निगरानी सहितको पठन पाठनको आवश्यकता हुने बालबालिकाहरुको लागि अतिरिक्त कक्षा सहित डे-वोर्डर र पारिवारिक वातावरण भएको होस्टेलको सुविधा छ ।

अर्को कुरा, विद्यार्थीहरुलाई खुशी र आत्मनिर्भर बनाउन उनीहरुको सिर्जनात्मक क्षमताको विकास गर्ने कार्य गर्दै आएका छौँ । बालमैत्री वातावरण सिर्जना गरेर, बालकेन्द्रित सिकाईबाट विद्यार्थीको रुचि, चाहना र शैलीबाट सिक्ने स्वतन्त्रअवसर दिएर, गरेर सिक्ने वातावरण दिएर, जिज्ञासाको सहि अवसर र समाधान गरेर मौलिकताको विकास गर्नतर्फ हामी तत्पर छौँ ।

 

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
हामी निरन्तर गुणस्तरीय र जीवनपयोगी शिक्षाको लागि प्रतिबद्ध भई प्रयासरत छौं क्ष् तीनकुनेको गैह्रिगाउँमा रहेर विगत १७ वर्ष देखि निरन्तर नर्सरी देखि कक्षा १० सम्मको विद्यालय संचालन गर्दै आइरहेका छौँ क्ष्नर्सरी, एलकेजी, यूकेजीका बच्चाहरुको विशेष सुरक्षा र हेरविचार सहित मन्टेश्वरी विधिद्धारा पठनपाठन गराइन्छ ।

प्रत्येक विद्यार्थीको उमेर र रहरलाई विशेष प्राथमिकतामा राखेर पारिवारिक वातावरणमा आत्माअनुशासन, संस्कार र सीपयुक्त व्यवहारिक शिक्षा प्रदान गर्न हामी सफल र सबल बन्दै आएका छौं ।

अत्यन्त प्रतिस्पर्धी शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु नै हाम्रो उद्धेश्य हो । यदि हजुरका नानी बाबुहरुलाई उपयुक्त विद्यालयमा राख्ने सोच्नुभएको छ भने कृपया एक पटक विद्यालय भ्रमण गर्नुहोला। एप्पलमा हजुरहरुलाई स्वागत छ ।

 प्रकाशित :-  २०८१ बैशाख ४, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय