काठमाडौँ । स्लोभाकिया जानका लागि धातु रोग (गोनोरीया) र कुष्ठरोग (ल्याप्रोसी) भए नभएको प्रमाणित गर्नुपर्ने भएको छ ।

बैदेशिक रोजगारी, अध्ययन वा अन्य कामको लागि स्लोभाकिया प्रवेश गर्दा त्यहाँको सरकारले सरकारी स्वास्थ्य संस्थाबाट गोनोरीया र ल्याप्रोसी परिक्षण गरेको कागजात अनिवार्य गरेको हो ।

शुक्रराज ट्रपिकल अस्पतालबाट स्लोभाकिया जान गोनोरीया र ल्याप्रोसी परिक्षणका लागि सेवाग्राहि आउने गरेको अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले जानकारी दिए । उनले भने, ‘स्लोभाकिया जानेहरु आजभोली गोनोरीया र ल्याप्रोसी परिक्षण गर्नुप¥यो भनेर आउनुहुन्छ । पहिले आएको थाह थिएन ।’ यस्तै स्लोभाकिया जान होल बडि चेकअप पनि गर्नुपर्ने प्रावधान छ ।

 प्रकाशित :-  २०८० माघ १४, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय