काठमाडौँ, । नेपालमा अन्तर्राष्ट्रिय रक्तनशासम्बन्धि रोगको सम्मेलन हुने भएको छ ।
आगामी माघ ३ गतेदेखि ५ गतेसम्म नेपाल भास्कुलर सोसाइटीको आयोजनामा ‘हिमालय इन्टरनेशनल भास्कुलर सम्मेलन हुन थालेको हो ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष एवं बरिष्ठ नशा रोग (भास्कुलर) विशेषज्ञ डा. सन्दीपराज पाण्डेले भास्कुलर रोगका बारेमा नयाँ–नयाँ खोज, अध्ययन् अनुसन्धान र उपचारका बारेमा चिकित्सकबीच अनुभव आदान प्रदान गर्न सम्मेलन आयोजना गरिएको बताए ।
उनले दक्षिण एसियाको पहिलो र नेपालको स्वास्थ्य सम्बन्धि ठूलो इभेन्ट रहेकोे बताए । रक्तनशा सम्बन्धि धमनी, सिरा, मधुमेह सम्बन्धि रोग, खुट्टाको रोग, प्यारालाइसिस् जस्ता अन्तर्गत पर्दछन् ।
“कतिपय नशासम्बन्धि विरामीको उपचार भास्कुलर रोग विशेषज्ञसंग पहुँच नपुगेर विरामीको हातखुट्टा काट्नुपर्ने अवस्था रहेको छ” उनले भने, “मधुमेह सम्बन्धि विरामीको हात खुट्टा काटेर फालिएका छन् । समयमा नै भास्कुलरका विरामीले उपचार गराउन पाउनुपर्दछ ।”
उनले रक्तनशा सम्बन्धि रोगको उपचार नभएर विरामीको मृत्यु पनि हुने गरेको भनाई राखे । नशा बन्द भएर मानिसहरु मर्ने गरेका छन् ।
उनका अनुसार नेपालमा भास्कुलर सम्बन्धि चिकित्सक कम नै रहेका छन् । “भास्कुलरकै चिकित्सक भनेर हामी तीन/चार जना मात्र रहेका छौ”
उनले भने “तर भास्कुलरको सम्बन्धि कम भएपनि भास्कुलरसंग सम्बन्धित रोगको उपचार कार्डियाक सर्जन, सर्जन, हाडजोर्नी रोग विशेषज्ञ, प्लाष्टिक सर्जनले सवैले उपचार गरिरहन्छन् ।”
सम्मेलनमा चीन, भारत, फिलिपिन्स, बंगलादेश, सिंगापुर, मलेसिया लगायत ४० देशबाट भास्कुलर रोगका चिकित्सक आउने छन् ।
सम्मेलनमा भास्कुलर सम्वन्धी नविनतम ज्ञान,अनुसन्धानका साथै अनुभव आदान प्रदान, अन्तरक्रिया तथा छलफल हुने उहाँको भनाई रहेको छ ।

