काठमाडौँ, । नेपालमा पहिलो पटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन.१ सङ्क्रामण दर बढि रहेका पाइएको छ ।
इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनी अन्य भेरियन्टका तुलनामा एक व्यक्तिबाट अर्को व्यक्ति सर्ने दर उच्च रहेको बताए ।
“शहरमा बढी भिडभाड हुनेले एक आपसमा सर्ने दर बढी रहेको छ” उनले भने “रोगको जटिलता र मर्ने दर कम रहेको छ ।”
हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ)गर्दा १६ वटा पोजेटिभ नमूना परीक्षण गर्दा ७ वटामा ओमिक्रोनको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको थियो ।
मन्त्रालयले सङ्क्रामक दर बढी भएकोले भीडभाड हुने स्थानहरु जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै मास्कको प्रयोग गर्नहुनु, भौतिक दुरी कायम राख्नहुन र हातको सरसफाईमा ध्यान दिन सवैलाई अनुरोध गरेको छ ।
मन्त्रालयले कोभिड–१९ को नयाँ सव भेरियन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्सहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सवै सरोकारवालाहरुमार्फत आवश्यक स्किनिङ्ग र निगरानी गरिरहेको जनाएको छ ।

