काठमाडौँ, १७ चैत: प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त हुनुभएको छ।  बजगाईंलाई स्वकीय शाखा अधिकृत सरहको सेवा(सुविधा पाउने गरी यो जिम्मेवारी दिइएको हो। ललितपुर स्थायी घर भएका बजगाईं लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो।

बजगाईंले यसअघि बालेन काठमाडौँ महानगरपालिकाको मेयर रहँदा पनि प्रेस संयोजकको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएको छ। पछिल्लो समय निर्वाचनका दौरानमा समेत सचिवालयमा रहेर सक्रिय रहनुभएका उहाँलाई प्रधानमन्त्री शाहले पुनः आफ्नो टिममा विश्वासिलो सदस्यका रूपमा भित्र्याउनुभएको हो।

 प्रकाशित :-  २०८२ चैत्र १७, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय