काठमाडौं, १६ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १५ दिनभित्रै सार्वजनिक गर्ने गरी नयाँ कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको छ। यसका लागि बोर्डले कार्यविधि तयार गरिसकेको छ, जसलाई  मंगलबारको बैठकबाट पारित गरी शिक्षा मन्त्रालयमा पेश गर्ने तयारी गरिएको छ।

नयाँ व्यवस्थाअनुसार परीक्षा केन्द्रमै सोही दिन सीसीटिभीको निगरानीमा उत्तरपुस्तिका परीक्षण गरिनेछ। परीक्षणपश्चात् प्राप्ताङ्कलाई सिलबन्दी गरी जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा पठाइनेछ भने सफ्टवेयरमा प्रविष्ट भएलगत्तै प्रदेशअनुसार क्रमशः नतिजा सार्वजनिक गर्ने योजना बनाइएको छ।

कर्मचारीहरूले नतिजाका लागि कम्तीमा दुई महिना लाग्ने बताए तापनि प्रधानमन्त्रीको १५ दिने अडानले बोर्डमा दबाब बढेको छ। आगामी वर्षदेखि एसईईको जिम्मेवारी प्रदेश वा विद्यालयलाई नै दिने विषयमा समेत छलफल सुरु भएको छ, यद्यपि प्राविधिक धारका विद्यार्थीको ओजेटी नम्बरबारे भने बोर्डले छुट्टै निर्णय गर्न बाँकी छ।

 प्रकाशित :-  २०८२ चैत्र १७, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय