काठमाडौं ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट डा.बास्तोला निर्देशकमा नियुक्त भएका हुन् ।
उनी यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फाजिलमा राखिएका थिए ।
टेकु अस्पतालको निर्देशक रहेका डा. युवानिधि बसौलालाई गण्डकी प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको थियो । डा.बसौलाको सरुवा भएपछि टुकु अस्पताल केहि समय रिक्त थियो ।
यसअघि २०७८ असार १४ देखि कोरानाकालमा डा बास्तोला टेकु अस्पतालको डाइरेक्टर भएर जिम्मेबारी निर्वाह गरिसकेका छन् ।
प्रकाशित :- २०८२ माघ ८, बिहिबार

