काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले जेनजी आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् ।

शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हाल्दै यो निर्णय गरेकी हुन् ।

शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए । उनी स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव समेत हुन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वको सरकार गठन भएको हो ।

 प्रकाशित :-  २०८२ कार्तिक ९, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय