काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सीफारीस भएकी डा.संगीता कौशल मिश्राको नाम अन्तिम समयमा काटिएको छ ।
नागरिकता विवाद र अख्तियार दुरुपयोग अनुसन्धानमा अनियमितता सम्बन्धी विषय उठेपछि डा.मीश्राको नाम मन्त्रीको सूचिबाट काटिएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन् ।

आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले मात्र शपथ खाने छन् । शपथ समारोह दिउँसो ३ बजे शीतल निवासमा हुँदै छ ।

उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन् । गत वर्षको फागुनमा डा विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् । मन्त्री बन्ने तारतम्य मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् ।

 प्रकाशित :-  २०८२ आश्विन ६, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय