काठमाडौँ । धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज एघारौ स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष दिपक कुँवरले देशको स्वास्थ क्षेत्रको एक अब्बल संस्थाको रुपमा अस्पताल रहेको बताए उनले ।
उनले विभिन्न अप्ठ्यारो अवस्था पार गर्दै सफलताको बाटोमा अगाडि बढेकाले आगामी दिनमा अझ मिहेनेतका साथ लाग्ने बताए । उनले अस्पतालको निरन्तर प्रगति र उन्नतिको लागि आफू र संचालक टीम सदैव तत्पर भै लागिरहने प्रतिवद्ध भएर लाग्ने बताए ।
उनले बिभिन्न आरोह अवरोहका बीच स्थापनाको एघारौं वर्ष सफलतापूर्वक पार गरेको उपलक्षमा अस्पतालका चिकित्सक, सेयर होल्डर, कर्मचारी लगायत सरोकारवाला सवैलाई धन्यवाद व्यक्त गरे ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. बिनोद बिजुक्छेले अस्पतालको आधारशिलाका रुपमा एथिक्समा आधारित उपचार, बिरामी केन्द्रित उपचार र बिभिन्न बिशेषज्ञहरुसँग सहकार्यमा गरिने उपचार गरिएको बताए ।
उनले अस्पतालले बिरामीको अहित हुने कुनै पनि कुरामा कदापि सम्झौता नगर्ने बताए । उनले अस्पतालको उद्देश्य गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नु रहेको बताए ।
स्थापना दिवसको अवसरमा अस्पतालको सुबिधालाई अझ परिस्कृत गर्दै Department of Dermatolagy & Aesthetics नामक नयाँ सुबिधा सुरु गएिको छ ।
सुविधा अनुसार अस्पतालले सुलभ मूल्यमा हाइड्राफ़ेसीयल, हेयर रिमूभल, हेयर ट्रान्सप्लांट लगायतका सुबिधा प्राप्त गर्न सकिने छ । बिगतको बर्षमा जस्तै यसपटक पनि अस्पतालले १० बर्ष सेवा गरेका चिकित्सक नर्स एवं कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरेको छ ।
साथै बिभिन्न विभागमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरेको थियो।
कार्यक्रममा अस्पतालका चिकित्सक, नर्सिङ स्टाफ, मेडिकल स्टाफ तथा कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो ।
अहिलेसम्म अस्पतालले बहिरंग सेवा ११ लाख ७६ हजार ३८५ जना,आन्तरिक सेवा ७३ हजार ०३७ जना आकस्मिक सेवा ६३ हजार ९२३ जना र हेलिकप्टर मार्फत उद्धार एक हजार ८३७ जनालाई गरेको छ ।

