काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले अनशन तोडेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको गेडा अस्पतालमा अनशनरत केसीले आज मंगलबार अनशन तोडेका हुन्।
उनले अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट चुस पिएर दिउँसो २ बजे अनशन तोडेका हुन्।
अनशनरत अवस्थामा थप उपचार गर्न भने उनले इन्कार गरेका थिए।
चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले निजी मेडिकल कलेजहरुको सिट संख्या थप्ने निर्णय गरेको विरोधमा डा। केसीले अनसन सुरु गरेका थिए ।
डा. केसीले आयोगको उक्त निर्णयले गुणस्तरमा असर गर्ने भन्दै निर्णय फिर्ताका लागि आग्रह गरेका थिए ।

