काठमाडौं । औषधि उत्पादकहरुको छाता संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । (एपोन) को काठमाडौंमा भएको वार्षिक साधारणसभाले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा अधिकारी र दीपक प्रसाद दाहालको उम्मेदवारी परेको थियो । दाहालले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस्तै बरिष्ठ उपाध्यक्षमा प्रभात रुगङटा, उपाध्यक्षमा पृथ्वी राज भण्डारी (निजु) चयन भएका छन् ।
यसैगरी महासचिवमा सन्तोष बराल सर्वसम्मत निर्वाचित भएका छन् ।सचीवमा गिरिराज पाठक (गणेश ), कोषाध्यक्षमा सुमित चन्द्र श्रेष्ठ चयन भएका छन् ।
यो कार्यसमितिले दुई वर्ष काम गर्नेछ ।

