काठमाडौं । नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले डेन्टल साईन्स डेन्टल हाईजेनिस्टको न्युनतम योग्यता प्रमाणपत्र तह उल्लेख गरी पांचौ तहवाट सेवा प्रवेश गराउन सरकारसँग माग गरेको छ । एसोसियसनका अध्यक्ष माइकल देवकोटाले एक वक्तव्य जारी गर्दै न्युनतम योग्यता प्रमाणपत्र तह उल्लेख गरी पांचौ तहवाट सेवा प्रवेश गराउनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेन्टल साईन्स डेन्टल हाईजेनिस्टको न्युनतम योग्यता प्रमाणपत्र तह उल्लेख गरी पाँचौ तहवाट सेवा प्रवेश नगरी चौथो तहवाट सेवा प्रवेश गराउने कार्य प्रति यस एसोसिएसनको गम्भिर ध्यानआकर्षण भएको छ । स्वास्थ्य क्षेत्रमा अन्य स्टाफ नर्स,हेल्थ असिस्टेन्ट,ल्याव टेक्निसिएनहरुको प्रमाणपत्र तहको पाँचौ तहवाट प्रवेश हुने तर डेन्टलको हकमा प्रमाणपत्र तहको चौथो तहवाट हुनुले हामि मर्माहित भएका छौं । यस एसोसिएसनले लामो समय २०७४ साल देखि निरन्तर यस विषयमा पत्रचार र डेलिकेसन गरेको र २०७८ मासचिव स्तरिय निर्णय गरि अन्य मन्त्रालयलाई पत्राचार गरेको र हालसम्म अनुसुची परिवर्तन हुनुको सट्टा यथावत राख्नुले कानुनि राज्यको उपहास भएको छ । ’ त्यसैकारण यो तहको समस्या समधान नहुन्जेल र डेन्टलको दरवन्दी थप नहुन्जेल हालको ओएण्डएम स्थगित गर्न माग सहित ध्यानआकर्षण गराएको छ ।
साथै स्वास्थ्य तथा मन्त्रालयले ५÷१०÷१५ वेडको अस्पतालमा कायम गरेको डेन्टल साईन्स हाईजेनिस्टको दरवन्दि यथावत गर्न समेत ध्यानआकर्षण गराएको छ ।
माग सम्बोधन नभएमा साउनदेखि संघर्षका कार्यक्रम सहित अनसन लगायत विरोधका कार्यक्रम गर्न वाध्य हुने चेतावनी दिएको छ ।
२०७८ मंसिर १६ गते स्वास्थ्य मन्त्रालयले संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र पठाउँदै पाँचौ तहको हुने व्यवस्थाको लागि अनुरोध गरेको थियो । सूचनामा भनिएको थियो, ‘नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची– ३ ले डेण्टिष्ट्री समूह अन्तर्गत डेण्टल हाइजिनिष्ट पदको शुरु सेवा प्रवेशको तह चौथो तहको व्यवस्था गरेतापनि डी निमायवलीको अनुसूची– ६ ले उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण स्याबाट प्रमाणपत्र तह उतिर्ण भएको हुनुपर्ने व्यवस्था भएको तर चौथो तहको लागि चाहिने योग्यता तोकेको नदेखिएकोले नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ संशोधनको क्रममा रहेको हुँदा हाललाई उक्त पदको विज्ञापन हुँदा पाँचौ तहमा हुने व्यवस्थाको लागि नेपाली सेना, नेपाल प्रहरी र सम्पूर्ण पालिकाहरु (स्थानीय तहलाई ) तहाँ मन्त्रालयबाट परिपत्र गरिदिनुहुन यस मन्त्रालय (नि.सचिवस्तर) को मिति २०७८ मंसिर १४ को निर्णयानुसार अनुरोध छ । ’

