काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन बैद्य किरण डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि महाराजगंज स्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत बैद्य आज सोमबार डिस्चार्ज भएका हुन् । गत जेठ १८ गते बैद्य अस्पताल भर्ना भएका थिए ।
किरणको उपचारमा संलग्न शिक्षण अस्पतालका डा. निरज बम र साक्षात्कार विष्ट तथा रविश मिश्र लगायत अन्य डाक्टरहरु उपचारमा संलग्न थिए ।
प्रकाशित :- २०८२ अषाढ २, सोमबार

