काठमाडौँ, । सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको सहमति पत्रमा गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकको परिवारका तर्फबाट वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह, सुजनका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार मृतकका परिवारका एक एक जनालाई उपयुक्त खालको रोजगारी सरकारले दिलाउने छ ।
यस्तै सरकारले उपलब्ध गराउने १० लाख रुपैयाँको राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने सहमति पनि भएको छ ।

मृतक वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणाका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।
सहमति अनुसार मृतकका परिवारले आजै शव बुझ्ने र मृतकको पार्थिक शरिरलाई सम्बन्धित ठाउँमा पुर्याउने प्रवन्ध गृह मन्त्रालयले गर्ने उल्लेख गरिएको छ ।
ललितपुरको बालकुमारी स्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने बिषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

 प्रकाशित :-  २०८० पौष १६, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय