काठमाडौंः सरकारको निति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
यी हुन् स्वास्थ्यका प्रमुख कार्यक्रम
सरकारको निति तथा कार्यक्रममा स्वास्थ्य
मस्तिष्क, मेरुदण्ड, मानसिक रोगको उपचारका लागि काठमाडौं अत्याधुनीक न्यूरो साइसेन्स केन्द्र स्थापना
गम्भिर रोगको उपचार स्वास्थ्य विमाबाट गरिने
विमा वोर्डको पुर्नसंरचना गरिने
एकीकृत स्वास्थ्य सेवा लागु गरिनेछ
आधारभुत तथा अत्यावश्यक औषधीहरु नेपालमै उत्पादन गर्न प्रोत्साहन
जनशक्ति पूर्ति गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने
संघीय स्वास्थ्य सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन ऐन तर्जुमा गरिने
सात ओटै प्रदेशमा जलन उपचार केन्द्र सेवा विस्तार गरिने
दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा सञ्चालन गरिने
फागुन महिना नसर्ने रोग र स्कृनिङ महिना घोषणा
क्यान्सर र मृगौला प्रत्यारोपण उपचार सेवा प्रदेशस्तरमा विस्तार
१४ वर्ष मुनीका बालबालिकालाई निशुल्क क्यान्सर उपचार सेवा
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभि खोप निशुल्क
गम्भिर रुपका स्वास्थ्य सेवा समेत विमा कार्यक्रमबाट समेटिने

