काठमाडौँ: आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बिमासेवा लिन तीन महिना प्रतीक्षा गर्नुपथ्र्यो । अब नेपालको जुन ठाउँबाट स्वास्थ्य बीमा गरे पनि र जुनसुकै ठाउँमा स्वास्थ्य बीमाको सुविधायुक्त अस्पतालमा भर्ना भए पनि बीमा सुविधा पाइने छ ।
यसअघि सेवाग्राहिलाई बीमा गरेपछि सेवा लिनका लागि बीमा गराइएको स्थानमै पुग्नुपर्ने बाध्यता थियो । तर, अब बसोबास गरिरहेको स्थानमै प्रस्थान विन्दु कायम गरेर स्वास्थ्य बीमाको सुविधा लिन पाउनेछन् ।

