काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्न सरकारलाई आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधिश नहकुल सुवेदीको इजलासले काठमाडौंमा आन्दोलनरत शिक्षकलाई तीनदिनभित्र विद्यालयमा फर्कन आदेश दिएको हो ।
शिक्षकहरु शिक्षा ऐन जारी गर्न माग गर्दै २२ दिनदेखि आन्दोलनरत छन् ।
आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।’

