काठमाडौं । स्वास्थ्यमा कृयाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुले एकिकृत स्वास्थ्य ऐनको माग गरेका छन् । आईतबार विज्ञप्ती जारी गर्दै छुट्टै स्वास्थ्य सेवा आयोग गठन गरी स्वास्थ्यमा चाहिने प्राविधिक प्रशासनिक लेखा लगायत विभिन्न कर्मचारीहरु व्यवस्थापन, नियुक्ती, पदस्थापना, सरुवा लगायत गनुपर्ने माग गरेका हुन् । उनीहरुले स्वास्थ्य सेवालाई निजामती ऐनमा राख्न नहुने भन्दै ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘२०८१ चैत १५ र २०८१ चैत ३१ मा निजामति ट्रेड युनियनहरुले संयुक्त प्रेस बिज्ञप्तिबाट निजामति ऐनमा राख्ने भनी प्रकाशित गरेकोमा हामी स्वास्थ्यमा कृयाशिल नेपाल चिकित्सक संघ लगायत अन्य संघ संस्था र ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको स्वतन्त्र व्यवसायिक अधिकारमा गम्भिर ध्यानाकर्षण भएको छ । ’

स्वास्थ्यलाई संविधानले मौलिक हक भनेर राखेको र प्राविधिक एवम् संवेदनशिलताको हिसाबले बिशिष्टकृत सेवा भएको परिप्रेक्षमा स्वास्थ्य क्षेत्र एकिकृत स्वास्थ्य सेवा ऐनबाट परिचालित हुनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्य जस्तो बिशिष्टकृत सेवाको छुट्टै सेवा आयोग नहुनाले हालको संघियताको अभ्यासले स्वास्थ्य क्षेत्र धरासाही भइरहेको संगठनले निष्कर्ष निकालेको समूहका सदस्य सचिव माईकल देवकोटाले जानकारी दिए ।

 प्रकाशित :-  २०८२ बैशाख ७, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय