काठमाडौं, २७ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११औं शिखर सम्मेलन हुने भएको छ । आज यहाँ आयोजित पत्रकारसम्मेलनमा परिषद्का कार्यकारी प्रमुख डा प्रमोद जिशीले चैत २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने जानकारी दिए ।
सम्मेलनको मुल नारा ‘स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समातामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली’ तय गरेको छ।
सम्मेलनमा १४६ मौलिक र १३० वटा पोस्टर प्रस्तुतीका लागि प्राप्त भएपनि ८७ वटा मौखिक प्रस्तुतिकरण १ सय १५ वटा पोस्टर प्रस्तुतका लागि छनोट भएको डा जोशीले जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधिहरू, नीति निर्माताहरू र विकास साझेदार निकायहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको डा जोशीले बताए। उनले स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरू बीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नविनतम अनुसन्धानद्धारा सम्बोधन गर्ने सम्मेलनको उद्देश्य रहेको बताए ।
यस वर्षको सम्मेलन विशेषगरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने सम्भावित चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानसिलता, र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता जस्ता विषयमा केन्द्रित रहने परिषद् प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले बताए।
यसका साथै स्वास्थ्य बीमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञहरूको पलायन, जनसंख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्षहरू मानसिक रोग, सर्ने तथा नसर्ने रोगहरु र अनुसन्धान नियमन जस्ता स्वास्थ्य क्षेत्रका तड्कारो विषयवस्तुहरूमा केन्द्रीत भएर व्यापक छलफल र प्रस्तुतिकरण हरने छन्।
सम्मेलनमा एक हजारभन्दा बढी राष्ट्रिय तथा एक सय भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरूको उपस्थिति रहने बताइएको छ। जसमा भारत, चीन, युनाइटेड किंगडम, स्विजरल्यान्ड, जर्मनी, अमेरीका लगायत अन्य देशका विज्ञहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागीता रहनेछ।
सम्मेलनमा स्वास्थ्य अनुसन्धानका १४ वटा विधाहरुमा उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्डद्वारा समेत सम्मानित गरिने छ । सम्मेलनको उद्घाटन शिक्षामन्त्री विद्या भट्टराईले गर्ने छिन । ।

