काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले अहिलेसम्म एक सय एक वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) नेतृत्व हाँसिल गरेको दावि गरेको छ ।

अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडलले देशभरका आंगिक र सम्बन्धन प्राप्त गरि १०१ स्थानमा नेतृत्व हाँसील गरेको जानकारी दिए । जसअनुसार कोशी प्रदेशका संखुवासभा बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा चेतन भण्डारी, संखुवा सभाकै मादी बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा भीम कुमारी कार्की, धनकुटा बहुमुखी क्याम्पसको स्ववीयु सभापतिमा युवा तिमिल्सिना निर्वाचित भएका छन् ।
यस्तै, अनेरास्ववियुबाट हिले बहुमुखी क्याम्पसमा युवा तिमिल्सिना, जाल्पादेबी क्याम्पसमा चेतराज पौडेल, इलामस्थित महेन्दरत्न बहुमुखी क्याम्पसमा विशाल कार्की स्ववियू सभापतिमा निर्वाचित भएका छन् ।
काठमाडौं उपत्यकातर्फ महेन्द्ररत्न क्याम्पसको स्ववीयू सभापतिमा ईश्वर थापा, ललितकला क्याम्पसमा आशिष पौडेल, नेपाल कमर्श क्याम्पसमा विशाल रोकाहा, नेशनल कलेज अफ इन्जिनीयरीगंमा सुफल पौडेले निर्वाचित भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

अनेरास्ववीयुबाट निर्वाचित स्ववियु सभापती

 प्रकाशित :-  २०८१ चैत्र ९, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय