काठमाडौं: सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव प्रतिस्पर्धी अतिरीक्त सचिव डा.संगिता कौशल मिश्रालाई सचिव बढुवा नगर्ने सरकारको निर्णय विरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
सचिव नियुक्ती विरुद्ध डा.मीश्रा सर्वोच्च अदालत पुगेकी हुन् ।
सर्वोच्चका न्यायाधिश बालकृष्ण ढकालको इजलासले छलफलका लागि नेपाल सरकार र डा.मिश्रालाई बोलाएको छ ।
लोकसेवा आयोगले सचिवकालागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा मिश्रा सहित डा. टंक वाराकोटी र डा विकास देवकोटाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
मन्त्री परिषद् वैठकले डा.देवकोटालाई सचिवमा नियुक्त गरेको छ ।

