काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा निर्वाचनआचारसंहिता विपरीत कार्य गर्ने जो सुकैलाई कारबाहि गर्न सम्बद्ध निकाय समक्ष अनुरोध गरेको छ ।

चैत ५ गते हुन लागेको स्ववीयू निर्वाचनलाई विथोल्न खोज्ने र आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहि गर्न शिक्षा मन्त्रालयले सम्वद्ध निकायलाई अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटाले स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विश्वविद्यालय तथा क्याम्पसहरुका सार्वजनिक संरचना तोडफोड भएको र निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीहरुलाई विभिन्न किसिमका धम्की आइरहेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए ।

मन्त्रालयका प्रवक्ता सापकोटाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मन्त्रालय सम्बद्ध सबै सरोकारवालाहरू समक्ष तोकिएको मितिमा निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण तवरबाट स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न गर्न गराउन र निर्धारित निर्वाचन आचारसंहिताको पालना गर्दै निर्वाचनका अनिवार्य शर्तहरुको पालना गर्न सरोकारवालाहरु सबैमा हार्दिक अनुरोध गर्दछ । निर्वाचन आचारसंहिता विपरीतका कार्यहरु कानून बमोजिम दण्डनीय हुने भएकोले त्यस्ता कार्य गर्ने गराउने उपर प्रचलित कानून बमोजिम कारवाही गर्न गराउन मन्त्रालय प्रतिवद्ध रहेको छ ।’

 

मन्त्रालयले आचारसंहिता विपरीत हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानूनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण जुनसुकै निर्वाचनका पनि अनिवार्य शर्त हुन्। यिनै शर्तहरुलाई पूर्णपालना गर्दै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन सम्बन्धी निर्देशिका, २०८१ जारी गरी निर्वाचन आचारसंहिताको व्यवस्था गरेको छानिर्धारित निर्वाचन आचार संहिता तथा निर्देशनको पालना गर्नु विद्यार्थी सङ्गठनहरू, मतदाता तथा विश्वविद्यालय एवम् क्याम्पस प्रशासन सबैको कर्तव्य र दायित्व हुन आउँछ ।’

 प्रकाशित :-  २०८१ चैत्र ३, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय