काठमाडौं । तीनकुनेस्थित एप्पल इन्टरनेश्नल स्कुलको आयोजनामा आज मंगलबारदेखि खेलकुद सप्ताह, २०८१ सुरु भएको छ । सप्ताहको उद्घाटन विद्यालयका जनसम्पर्क अधिकारी नारायण कार्कीले गर्नुभएको हो । आज पहिलो दिन पहिलो चरणमा पोटबल भएको थियो ।
खेल सप्ताह अन्तर्गत् भलीवल, व्याटमिन्टन, क्रिकेट, चेस लगायतका खेलहरु हुनेछन् । विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासका लागि खेल सप्ताहले भूमिका खेल्ने विद्यालयका प्रधानाध्यापक यमनाथ मैनालीले जानकारी दिए ।
प्रधानाध्यापक मैनालीले भने, ‘खेल सप्ताह प्रत्येक बर्ष आयोजना गर्छौ । विद्यार्थीहरुबिच मैत्रिपूर्ण प्रतिष्प्रर्धात्मक भावनाको विकास गर्न र सहकार्य, समन्वय, एकताको भावना जागृत गराउँछ ।’ आज दिनभर ६ वटा खेल भएको विद्यालयका कोर्डिनेटर धर्मराज खतिवडाले जानकारी दिए ।


