काठमाडौँ, । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले क्यान्सर रोगमा डा. शाहीले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरेको हो ।

आज पर्वतको पैंयु गाउँ पालिकास्थित हुवासमा आयोजित विशेष समारोहमा गत वर्षका बिजेता डा. शेरबहादुर पुनले डा.शाहीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी ५१ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।

एनआरएनएले डा. शाहीलाई मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको क्यान्सबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तराष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारीहरु प्रवाह गर्ने कार्यमा सक्रिय रहेको साथै क्यान्सरका बिरामीहरुको उपचारमा दिनरात नभनी खटिने उनको कार्यलाई उच्च मूल्यांकन गर्दै यो पुरस्कारप्रदान गरेको जनाएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.शाहीले स्तन क्यान्सर रोगको उपचार र जनचेतनामुलक कार्यक्रममा गर्दै आइरहेका छन् ।
पछिल्लो पटक उनकै कारणले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका जटिल बिरामीका लागि निःशुल्क औषधी उपलब्ध गराउने निर्णय गरेको थियो ।

 प्रकाशित :-  २०८० पौष ९, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय