काठमाडौँ, । सरकारले भूकम्प प्रभावित क्षेत्रमा दादुरारुवेला र टाइफाइड विरुद्धको खोप अभियान संचालन गर्ने भएकौ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूकम्प प्रभावित जिल्लामा भोलिदेखि दादुरा(रुवेला र टाइफाइड विरुद्धको खोप अभियान संचालन गर्न थालिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीलै जानकारी दिए ।
उनका अनुसार दादुरा विरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइड विरुद्धको खोप ति दुई जिल्ला जाजरकोट र पश्चिम रुकुम सहित सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला संचालन गरिने छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले दादुरारुवेला विरुद्धको खोप छ महिना देखि १५ बर्ष उमेरसमूहका बालबालिकालाई र टाइफाइड विरुद्धको खोप १६ बर्षदेखि ४५ बर्षसम्मका सवैलाई खोप लगाइने छ ।
उनले जाजरकोटमा दुई बर्ष अघि दादुरा दखिएकोले पुनः नदेखियोस भनेर खोप दिन लगाउन थालेको बताए ।
“भूकम्पपछि महामारी हुनसक्ने सम्भावना रहन्छ । तिमध्ये सवभन्दा बढी दादुरारुवेला र टाइफाइड हुनसक्ने सम्भावन रहन्छ”उनले भने, “ति ठाउँका बालबालिकामा पोषण पनि कम भएको होला । र दुषित पानी पनि खाएका होलान । त्यसैले हामीले दादुरारुवेला र टाइफाइड विरुद्धको खोप अभियान संचालन गदैछौ ।”
६ महिनादेखि १५ बर्षसम्मका एक लाख ५० र १६ बर्ष देखि ४५ बर्षसम्मको सङ्ख्या छ लाख ५० रहेको छ ।
खोप अभियान यहि पुस १४ गतेसम्म संचालन हुने छ ।

