काठमाडौँ, । देशभरि लागु गरिएको स्वास्थ्य विमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन स्थानीय तहमा अझै शुरु भएको छैन ।
देशभरि सवै जिल्ला र स्थानीय तहमा विमा कार्यक्रम शुरु भएपनि काठमाडौँ जिल्लाका काठमाडौँ महानगर, बुढानिलकण्ठ र नागार्जुन नगरपालिकामा अझै शुरु भएको छैन ।
हिजो पुस २ गते मात्र ललितपुर महानगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमा कार्यक्रमको शुरुवात गरेका छन् ।
सवै नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि २०७२ सालबाट विमा कार्यक्रम ल्याइएको हो ।
बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलले तीन वटा स्थानीय तहको प्रथम सेवा विन्दुको निक्यौल नभएकोले लागु गर्न समस्या भइरहेको छ । “उपत्यकाका ठूला केन्द्रीय अस्पतालमा रिफर गरेर आएका विरामीको चाप रहेको छ । ति अस्पताललाई प्रथम सेवा विन्दु गराउन सकिदैन” उनले भनिन,“ति तीन स्थानीय तहले चाँडै नै प्रथम सेवा विन्दु निक्यौल गर्न लागिरहनुभएको छ । ति निक्यौल भएपछि लागु हुन्छ ।”
अहिले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल अस्पताल प्रथम सेवा विन्दुबाट रिफर गरेर आएका विरामीको चाप रहेकोले ति अस्पतालले तीन वटा स्थानीय तहको प्रथम सेवा विन्दु मान्न तयार नभएको उहाँको भनाई रहेको छ ।
महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले चाँडै नै महानगरले विमा कार्यक्रम लागु गर्नका लागि स्वास्थ्य विमा बोर्डसंग सम्झौताको तयारी गरेको बताए ।
उनले वडा कार्यालयमा रहेका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दुको रुपमा रहने जानकारी दिए ।
“हामीले वडामा रहेकमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु मानेर विमितको उपचार गर्ने तयारीमा रहेको छौ” उनले भने “सवै तयारी पुरा भइसकेको छ । अव हामी बोर्डसंग यसै हप्ता सम्झौता गछौ ।”
उनका अनुसार ३२ वडामध्ये २४ वटा वडामा रहेका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र उपकरण र जनशक्तिको सवै तयारी पुरा गरिसकेको र अन्य वडामा पनि तयारी शुरुवात गरिएको छ ।
बोर्डमा हालसम्म ७४ लाख विमित भइसकेपनि करिव ४७ लाख मात्र सक्रिय रहेका छन् ।
२०७२ चैत २५ गते गुणस्तरिय स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउनका लागि स्वास्थ्य विमा बोर्ड स्थापना गर्दै कैलाली, बागलुङ र इलामबाट विमा कार्यक्रम शुरु गरिएको थियो ।
अहिले ७७ जिल्लामा लागु गरिएको स्वास्थ्य विमा बोर्डले एक लाखसम्म विमित परिवारले निःशुल्क उपचार सेवा पाउने छन् ।
एक देखि ५ जनासम्म परिवारले प्रत्येक बर्ष विमितवापत तीन हजार ५०० रुपिया र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप सात सय रुपिया थप्नुपर्ने छ ।

