काठमाडौँ, । वीर अस्पतालका कार्यकारी निर्देशक डा सन्तोष पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
मंगलबार सर्वाेच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश दिएको हो ।
२०७९ फागुन ५ मा दुई वर्षका लागि वीरको निर्देशक नियुक्त भएका डा. पौडेललाई स्वास्थ्यमन्त्री बस्नेतले वीरको निर्देशकबाट १४ मंसिरमा हटाएका थिए । त्यसपछि १८ मंसिरमा उक्त निर्णय रद्ध माग गर्दै डा. पौडेल सर्वोच्च अदालत गएका थिए ।
डा. पौडेललाई हटाएर वीरको निमित्त कार्यकारी निर्देशकमा डा. श्रबणकुमार थापालाई मन्त्री बस्नेतले जिम्मेवारी दिएका थिए ।
मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री बस्नेतले निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका थिए ।
निर्देशकबाट हटाइएका डा. पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
अदालतले आदेश दिएसगै आज साँझ डा. पौडेल अस्पतालमा पुगि पुनः कार्यकारी निर्देशकको कार्यभार समालेका छन् ।

