काठमाडौँ। डा. गोविन्द केसीले अनशन तोडेका छन्। धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन्।
स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेका उनी आजै थप उपचारका लागि अस्पताल भर्ना हुँदै छन्। उनी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन्।
डा. केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए। ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन्।
प्रकाशित :- २०८० पौष २, सोमबार

