काठमाडौं, । नेकपा एमालेका नेता भीम रावलले डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनलाई काम देश र जनताको हितमा नरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा डा. केसीले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँडन खोजेको बताएका छन् ।

रावलले देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पक्षपोषण गर्दैछन् भनेर डा. केसीमाथि गम्भीर प्रश्नसमेत उठाएका छन् ।
‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न।सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुनलागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ,’ रावलले भनेका छन्, ‘देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर निजले कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौं।’
स्वास्थ्य शिक्षा र संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई बुँदे माग राखेर डा. केसी २९ मंसिरदेखि धनगढीमा अनसनरत रहेका थिए ।

 प्रकाशित :-  २०८० पौष २, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय