काठमाडौँ, । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका विरामीको सङ्ख्या बढिरहेको छ ।
अस्पतालमा कुकुरले टोकेपछि खोप लगाउने संख्या दैनिक बढिरहेको अस्पतालले जनाएको छ ।
विगत दुई बर्षको तथ्याङकमा कुकुरले टोकेर रेबिज् विरुद्धको खोप लगाउने आउने संख्यामा बृद्धि भएको छ ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार आर्थिक बर्ष २०७८÷०७९ मा कुकुरले टोकेपछि खोप लगाउने आउने नयाँ विरामी ३८ हजार ७४८ रहेका थिए भने आव २०७९÷०८० मा यो सङ्ख्या बढेर ५० हजार ४९४ रहेको छ ।
यस्तै आव २०७८÷०७९ मा नयाँ र पुरानो गरि एक लाख एक हजार १९६ र आव २०७९÷०८० मा नयाँ र पुरानो गरि एक लाख २५ हजार ९० विरामीले रेबिज् विरुद्धको खोप लगाएका छन् ।
कुकुरले जाडोमा भन्दा गर्मी महिनामा बढीलाई टोक्ने भएकोले गर्मीमा धेरै विरामी खोप लगाउन आउने गरेका छन् ।
आव २०७९÷०८० को जेठमा पाँच हजार ५८ जना र असारमा ५ हजार २८० जनाले खोप लगाउन आएका छन । यस्तै पुस तीन हजार ८५१ र माघमा चार हजार १३२ जनाले रेबिज विरुद्धको खोप लगाएका छन् ।
कुकुरले टोकेपछि दुई किसिमको खोप दिइने गरिन्छ । एउटा एन्टि रेविज् भ्याक्सिन र अर्को इम्युनोग्लोबुलिन भ्याक्सिन दिने गरिन्छ ।
यदि भुस्याहा कुकुरले टोकेको खण्डमा इम्युन्नोग्लोविन खोप र घरपालुवा कुकुर जसले नियमित खोप लगाएका छन ति कुकुरले टोके भने एन्टि रेबिज् भ्याक्सिन खोप दिइने गरिन्छ ।
घरपालुवा र भुस्याहा कुकुरले बढी मानिसलाई टोक्ने गरेको छ ।
यस्तै गत असारदेखि यतामात्र १९ हजार ४४७ जना नयाँ विरामीले रेबिज् विरुद्ध खोप लगाइसकेका अस्पतालका बहिरङ्ग विभागका इन्चार्ज शङ्कर पाण्डेले जानकारी दिए ।
साउनमा चार हजार ८८५ जना, भदौमा चार हजार ७२८ जना, असोजमा चार हजार ७३१ जना र कात्र्तिकमा पाँच हजार ९९ जनाले विरामीले रेबिज् विरुद्धको खोप लगाएका छन् ।
अस्पतालमा अहिले दैनिक १३० जना रेबिज् विरुद्धको खोप लगाउन अस्पताल आउने गरेका छन् ।
मासु र छालामा लगाइने उक्त खोप सरकारले निःशुल्क वितरण गर्ने गरेको छ ।
मासुमा लगाउने खोप चार पटक र छालामा लगाउने खोप तीन पटक दिइने गरिन्छ । बच्चा र बृद्धालाई मासुमा लगाइने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनले छालामा लगाइने खोपलाई बढी प्रभावकारी मानेको छ ।
कुकुरले टोकेपछि रेबिज् विरुद्धको खोप नलगाएको खण्डमा रेबिज् रोग लाग्ने गर्दछ । अस्पतालका प्रमुख कल्सन्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले कुकुरले टोकेपछि जतिसक्दो चाँडै खोप लगाउनुपर्ने बताउँछन् ।
उनले खोप नलगाएको खण्डमा २० देखि ९० दिनसम्म रेबिज् रोगको लक्ष्ण देखिने र लक्षण देखिएको सात दिनभित्रमा विरामीको मृत्यु हुने गरेको बताए ।
उनका अनुसार रेबिज् रोग लागेका विरामीको मृत्युदर सत प्रतिशत रहेको छ ।
अस्पतालमा महिनामा दुई÷तीन जना विरामी रेबिज लागेर आउने गरेका छन् ।
रेबिज् रोग लागेका मान्छे शुरुपमा पानी र हावासंग डराउने र त्यसपछि अचेत अवस्था भई मृत्यु हुने गरेको उनले बताए ।
रेबिजबाट सङ्क्रमित भएको कुकुर, जंगली जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा, चिथोरेमा तिनीहरुको ¥यालबाट रेबिज रोग सर्दछ । रेबिज भाइरसले मस्तिष्कमा असर पु¥याउद छ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ ।
टोकेका के गर्ने
कुकुरले टोकेमा टोकेको घाउमा १५ मिनेटसम्म सावुनपानीले सफा गर्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संङ्स्थामा गई रेबिज विरुद्धको खोप लगाउने गर्नुपर्दछ ।

