काठमाडौँ,ः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा नेपालमा पहिलो पटक मस्तिष्क (ब्रेन)को उपचारसंगै अध्ययन र अनुसन्धान गर्नका लागि ‘राष्ट्रिय ब्रेन टयुमर केन्द्र’ स्थापना गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार खड्काले नेपालमा पहिलो पटक ब्रेनको सम्बन्धि उपचार, अध्ययन र अनुसन्धान गर्न केन्द्र स्थापना गरिएको जानकारी दिए । यसअघि नेपालमा ब्रेनको उपचार भएपनि अध्ययन अनुसन्धानका लागि कुनै निकाय रहेका थिएनन् ।

“नेपालमा ब्रेन ट्युटरको लागि भनेर पहिलो पटक डेडीकेटेड ‘राष्ट्रिय ब्रेन टयुमर केन्द्र’ स्थापना गरिएको हो,” उनले भने, “केन्द्रमा ब्रेन टयुमरको विरामीको तथ्याङ्क पनि राख्ने र कस्ता कस्ता विरामी आउने गर्दछन भनेर त्यसको पनि अध्ययन समेत हुने छ ।”

वीर अस्पतलामा स्थापना गरिएको राष्ट्रिय ब्रेन टयुमर केन्द्रबाट नै यहि मङ्सिर २४ गतेबाट व्रेन टयुमर विशेष क्लिनिक सेवा शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा. श्रवणकुमार थापाले जानकारी दिए ।

उनका अनुसार हाललाई साताको दुई दिन आइतवार र बुधबार विहान १० बजेदेखि दिउँसो १ बजे सम्म सेवा शुरु हुने छ ।
यस्तै गत आइतवारबाट नै वीर अस्पतालमा राष्ट्रिय न्यूरो स्पाइन केन्द्र मार्फत दिइने विशेष न्यूरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि संचालन गरिएको छ ।

उक्त सेवा पनि साताको दुई दिन आइतवार र बुधबार विहान १० देखि १ बजेसम्म संचालन गरिएको छ ।
अस्पतालले संचालन गरेको विशेष सेवाबाट टाउको टयुटर र मेरुदण्डको दुखाई लगायतका रोगबाट पिडित विरामीलाई राहत मिल्ने अपेक्षा गरिएको उनले बताए ।
उनले टाउकोको टयुमर र मेरुदण्डको उपचारका निःशुल्क गर्न पहलको लागि सरकारसंग अनुरोध समेत गरिने बताए ।

 प्रकाशित :-  २०८० मंसिर ३०, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय