काठमाडौँ, । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहसंग स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीहरुको विवरण माग गरेको छ । मन्त्रालयले आज एक साताको समय सिमा तोकेर स्थानीय तहसंग विवरण माग गरेको हो ।

उसले स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलव भत्ता माग भइरहेको भन्दै सोही प्रयोजनका लागि स्वास्थ्यकर्मीको विवरण माग गरेको स्पष्ट पारेको छ । गत साउन देखि कतिपय पालिकाहरुमा कार्यरत दरबन्दी बाहिरका स्वास्थ्यकर्मीहरुले तलव पाउन सकेका छैनन् ।

‘स्वीकृत दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मीका लागि यस अघि नै ससर्त अनुदान मार्फत तलव भत्ता उपलव्ध गराइएको छ । अहिले त्यहाँ कार्यरत स्वीकृत दरबन्दी बाहेकका कर्मचारीका लागि यस आर्थिक बर्षको साउन देखि आगामी असार मसान्त सम्मको थप तलव भक्ता माग आएको हुँदा उनीहरुको विवरण ढाँचा अनुसार मिलाएर पठाइदिनु होला,’ मन्त्रालयको परिपत्रमा भनिएको छ ।

 प्रकाशित :-  २०८० मंसिर २७, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय