काठमाडौँ, । काठमाडौँ महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ ।
महानगरले प्लाष्टिक प्याकेजिङ् गरिएका, खैनी, गुट्खा, पान पराग जस्ता सुर्तीजन्य पदार्थको विक्री विवरणमा रोक लगाएको हो ।
महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले आजदेखि प्लाष्टिक प्याकेजिङ गरिएका, खैनी, गुट्खा, पान पराग, सुर्तीजन्य पदार्थहरु र सार्वजनिक स्थलमा धुम्रपानलाई महानगरभित्र विक्री वितरणमा प्रतिवन्ध लगाएको जानकारी दिए । महानगरले सुर्तीजन्य पदार्थको विक्री वितरण गरेको पाइएमा महानगर प्रहरी मार्फत जफत गरि विक्री वितरण गर्ने व्यवसायीलाई कानून अनुसार कारवाही समेत गरिने जनाएको छ ।
महानगरले यसअघि नै सूचना जारी गरी सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाउन जानकारी गराएको थियो ।
काठमाडौँ महानगर जनस्वास्थ्य ऐन २०८० को दफा ४२ ले सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र विक्री वितरणका लागि खुला क्षेत्र तोक्न सक्ने, बालबालिकालाई विक्री वितरण गराउन नपाइने, सार्वजनिक स्थलको चारकिल्ला तोकि सो वरपर सुर्तीजन्य र जङ्क फुड विक्री वितरण गर्न निषेध गर्न सक्ने कानूनी व्यवस्था भए अनुसार विक्री वितरणमा रोक लगाउने हो ।

