काठमाडौँ, । सिद्धार्थ बाल तथा महिला अस्पतालका चिकित्सकमाथि हातपात भएको छ । अस्पतालमा सुत्केरी भएकी महिलाको मृत्युको विषयलाई लिएर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्रप्रसाद बस्यालमाथि हातपात भएको हो ।

अस्पतालले दिएको जानकारीअनुसार गएराति उहाँमाथि कुटपिट भएको थियो ।
गुल्मीको सत्यवती गाउँपालिका–२ घर भई हाल भैरहवा बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीले सोमबार शल्यक्रियामार्फत ५ केजीको शिशु जन्माउनुभएको थियो । मंगलबार बिहान बेडबाट खोज्दा बेहोस भएर उनको मृत्युभयो । त्यसपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाएर विवाद गरेका थिए ।

विवादकै बीच मंगलबार राति १२ बजेतिर वार्ता चलिरहेका बेला मृतकका आफन्तले कुर्सी उचालेर मेसु बस्यालमाथि प्रहार गरेका थिए । आक्रमणबाट बस्यालको टाउको, पेट लगायतमा चोट लागेको छ । बुटवलमै रहेको लुम्बिनी प्रदेश अस्पतालमा डा.बस्यालको उपचार भइरहेको सिद्धार्थ बाल तथा महिला अस्पतालका एक कर्मचारीले जानकारी दिुनयभो ।

ती कर्मचारीका अनुसार डाक्टरमाथि हातपात भएपछि अनुसार अहिले अस्पतालको ओपीडी सेवा र नयाँ बिरामी भर्ना प्रक्रिया दुवै बन्द रहेको छ । समस्या समाधानका लागि मृतकका आफन्तसँग वार्ता गर्ने तयारी भइरहेको छ ।

मृतकका आफन्तले क्षतिपूर्तिबापत ५० लाख मागेको अस्पताल पक्षको आरोप छ।

मृतकका आफन्तले अस्पतालको झ्याल, ढोका तथा फर्निचरहरू तोडफाड गरेका छन्।

घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 प्रकाशित :-  २०८० मंसिर १३, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय