काठमाडौं। चिकित्सा शिक्षा आयोगको रिक्त चारजना निर्देशकका लागि २० जनाको आवेदन परेको छ। ४ वटै पद रिक्त भएसँगै नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो।

आवेदन दिनेहरुमा डा सुरज बज्राचार्य, डा नारायणबिक्रम थापा, डा सुजन मरहठ्ठा, डा दिनेश लम्साल, डा वाइपी सिंह, डा सुदिप आचार्य, डा बन्दना गुरुङ रहेका छन्।

त्यस्तै डा गुरु खनाल, डा विजय आचार्य, डा शैल रुपाखेति, डा कृष्ण सागर, डा स्वयमप्रकाश पण्डित, डा पशुपति चौधरी, डा नागेन्द्र साह, डा निलमणी उपाध्याय, डा अजित खनाल, डा सरला लगाएतले आवेदन दिएका छन्।

निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले गत मंगलबार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको थियो। समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।

समितिले आवेदनका आधारमा उपयुक्त उम्मेदवारलाई विभिन्न १० वटा बुँदामा आवश्यक कागजपत्र ७ दिनभित्र दरखास्त हाल्न भनेको थियो।

समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।

 प्रकाशित :-  २०८० मंसिर ११, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय