बकाठमाडौँ। र्दियामा आगालागीबाट १८ महिने शिशुसहित चार जनाको मृत्यु भएको छ ।
साथै एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शुक्रबार राति करिब १० बजेर २० मिनेटमा आगो ताप्ने क्रममा आगलागी भएको थियो ।
गुलरिया नगरपालिका ४ तुलापुरस्थित भरत चन्दको इटामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा आगलागी भएको थियो ।
आगो नेपाल प्रहरी सशस्त्र प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।
चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते करिश्मा चन्दको उपचार बर्दिया अस्पताल गुलरियामा भइरहेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
को को हुन् मृतक
जिल्ला बर्दिया गुलरिया नगरपालिका-०४ बस्ने राधा बुढा (३६), मानसी बुढा (९), कृष चन्द (७), कार्तिक चन्द (१८ महिना)

