काठमाडौँ, २० कात्तिक । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमण स्थगित गरिएको छ ।

राष्ट्रपति पौडेल यही कार्तिक २२ गते युरोप भ्रमणका निस्कने कार्यक्रम थियो ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन जान लाग्नुभएका उहाँले जर्मनी र इटालीको समेत भ्रमण गर्ने तालिका थियो ।

पश्चिम नेपालमा गएको भूकम्पको कारण देशको परिस्थिति अनुकुल नभएको भन्दै भ्रमण स्थगित गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी १५० भन्दा

 प्रकाशित :-  २०८० कार्तिक २०, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय