काठमाडौँ, । स्वास्थ्य बीमा बोर्डले बिमा आबद्ध भएका अस्पतालहरुले हप्ताको एकदेखि तीन दिनसम्म नियमित बहिरंग विशेषज्ञ सेवा संचालन गर्न आग्रह गरेका छ ।
बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बिमा आवद्ध अस्पताललाई परिपत्र जारी गर्दै नियमित बहिरङ्ग विशेषज्ञ सेवा संचालन (ओपिडि) गर्न अनुरोध गरिन् ।
उनका अनुसार सय शैयासम्मको अस्पतालले हप्तामा एक दिन, दुई सय शैया सम्मको अस्पतालले हप्तामा दुई दिन र तीन सय शैया वा सो भन्दा माथिका अस्पतालले हप्तामा तीन दिन नजिकको आधारभुत वा प्रादेशिक अस्पतालमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने छ ।
यसैगरी सरकारी स्वास्थ्य संस्था (आधारभुत अस्पताल, प्रादेशिक अस्पताल) हरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टिकृत स्वास्थ्य संस्थासंग समन्वय गर्नुपर्ने छ ।
बिमा बोर्डसंग करिव चार सय ४० अस्पताल आवद्ध रहेका छन् ।

