काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निकट स्वास्थ्यकर्मीहरुको संगठन कान्ति बाल अस्पतालमा गठन भएको छ । बिहिबार कान्ति बाल अस्पतालमा आयोजित एक कार्यक्रममा मुकेश कुमार मिश्रको अध्यक्षतामा समाजवादी स्वास्थ्यकर्मी फोरम नेपालको इकाई कमिटि गठन भएको हो ।
समाजवादी स्वास्थ्यकर्मी फोरम नेपालको केन्द्रीय कार्यबाहक अध्यक्ष सच्चिदानन्द जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले उपाध्यक्षमा प्रमोद कुमार मेहता, सचिवमा जयकुमार यादव, कोषाध्यक्षमा महेश कुमार यादव र सदस्यमा रामबाबु भट्टराईलाई चयन गरेको छ । डा. नविन उपाध्यायलाई उक्त इकाई कमिटिको सल्लाहकारमा चयन गरिएको छ ।

 प्रकाशित :-  २०८० चैत्र २, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय