काठमाडौं, २२ चैत ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवातर्फका ३३ जना विशेषज्ञ चिकित्सक तथा अधिकृत कर्मचारीहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ। मन्त्रालयको मिति २०८२/१२/२० र २०८२/१२/२२ को निर्णयअनुसार आठौं, नवौँ र दशौँ तहका कर्मचारीहरूलाई उनीहरूको दरबन्दी भएकै निकायमा फिर्ता पठाइएको हो ।

काज फिर्ता गरिएका मुख्य कर्मचारीहरूको विवरण निम्नुसार छ:

कोशी अस्पताल, विराटनगरमा फिर्ता हुनेहरू:
मन्त्रालयले सबैभन्दा धेरै विशेषज्ञहरूलाई कोशी अस्पतालमा फिर्ता पठाएको छ:

डा. शिवजी रिजाल र डा. सुदिना रंजित: वीर अस्पतालबाट कोशी अस्पताल ।

डा. राजीव कुमार झा र डा. रामदेव चौधरी: मधेश प्रदेश मुख्यमन्त्री कार्यालय मातहतबाट कोशी अस्पताल ।

डा. होम प्रसाद पन्त: सुदूरपश्चिम प्रदेशबाट कोशी अस्पताल ।

डा. सुमन फुयाल: कोशी प्रदेश मुख्यमन्त्री कार्यालयबाट कोशी अस्पताल ।

डा. एकता बराल: भरतपुर अस्पतालबाट कोशी अस्पताल ।

भेरी अस्पताल, नेपालगञ्जमा फिर्ता हुनेहरू:
डा. बसन्त रेग्मी, डा. सुजन ढकाल, डा. रविन्द्र बास्कोटा, डा. प्रकाश पुन, डा. सविता विश्वकर्मा, डा. निरज भट्टराई र डा. सुरेन्द्र बस्नेतलाई लुम्बिनी, कोशी र सुदूरपश्चिम प्रदेशका विभिन्न कार्यालयहरूबाट भेरी अस्पतालमा फिर्ता गरिएको छ ।
भरतपुर अस्पताल, चितवनमा फिर्ता हुनेहरू:
डा. निरज पराजुली: वीर अस्पतालबाट भरतपुर अस्पताल ।

डा. जगन्नाथ तिवारी: लुम्बिनी प्रदेशबाट भरतपुर अस्पताल ।

डा. ईश्वरी प्रसाद अधिकारी र डा. एलिजा हमाल रेग्मी: लुम्बिनी प्रदेश र सुशील कोइराला क्यान्सर अस्पतालबाट भरतपुर अस्पताल ।

वीर अस्पताल (NAMS) मा फिर्ता हुनेहरू:
डा. पुरुषोत्तम पराजुली: कोशी अस्पतालबाट वीर अस्पताल ।

डा. विकास के.सी.: कर्णाली प्रदेशबाट ट्रमा सेन्टर ।

डा. उत्तर कुमार मैनाली, डा. रणजित कुमार झा र डा. विक्रम वीर बज्राचार्यलाई कोशी अस्पताल, मधेश प्रदेश र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रबाट वीर अस्पतालमा फिर्ता ल्याइएको छ ।

अन्य सरुवाहरू:
डा. कबिना महर्जन: लुम्बिनी प्रदेशबाट कान्ति बाल अस्पताल ।

डा. कमल दवाडी र डा. निरज अर्याल: बागमती र सुदूरपश्चिमबाट परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ।

राजेश कुमार गुप्ता: लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ।

इन्द्र ढकाल: लुम्बिनी प्रदेशबाट गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज ।

डा. प्रनाम जयरु: कोशी प्रदेशबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ।

पहुँचका आधारमा सुगममा काजमा बसेकाहरूलाई हटाएर दरबन्दी अनुसारकै कार्यक्षेत्रमा पठाउने मन्त्रालयको यो अभियानले दुर्गम र लक्षित अस्पतालहरूको सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।

 प्रकाशित :-  २०८२ चैत्र २२, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय