काठमाडौँ, २२ चैत । नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर गौतम निर्वाचित भएका छन् । आइतवार विहान सम्पन्न मतगणनामा डा. गौतमले १५९ मतका प्राप्त गरि निर्वाचित भएका हुन् । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए उनका निकटतम प्रतिस्पर्धी डा. सुवर्ण पौडेलले ११४ मत ल्याएका थिए ।
यस्तै बरिष्ठ उपाध्यक्षमा डा. रमेश पौडेल विजयी भएका छन् ।

यस्तै महिला उपाध्यक्षमा डा. सिर्जना श्रेष्ठ निर्वाचित भएकी छन् । यस्तै महासचिवमा डा. ऋषिकेशव भुसाल १८७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धीको रुपमा डा विजेन्द्र शाहले १२३ मत मात्रै प्राप्त गरे ।

यस्तै सचिवमा डा. दिपककुमार मण्डल, कोषाध्यक्षमा भने डा. सिजन कोजु गोलाप्रथाबाट बिजय भएका हुन् । बराबर मत आएपछि गोलाप्रथा गरिएको हो ।

प्रादेशिक उपाध्यक्षहरुमा कोशी प्रदेशमा डा. विजयकुमार सिंह, मधेश डा. शिवनारायण गुप्ता जयी भएका छन् । बागमती प्रदेशबाट डा. देवेन्द्रकुमार यादव, गण्डकीबाट डा. नगेन्द्र लामिछाने, लुम्बिनीबाट कैलाश न्यौपाने, कर्णालीबाट डा. सुदर्शन पोखरेल र सुदूरपश्चिम प्रदेशमा डा. हिमाल भट्ट विजयी भएका छन् ।
खुल्ला सदस्य छ जनामा डा. सन्तोष खनाल, डा. राजन ज्ञवाली, डा योगेश ढकाल, डा. सुजित कर्ण, डा. प्रज्ञा पौडेल र डा. केशव न्यौपाने विजयी भएका छन् ।

महिला सदस्यमा डा सदीक्षा पन्त, आदिवासी जनजाती तर्फ डा. प्रशान्त श्रेष्ठ, मधेशीबाट डा. सरोज राय यादव, दलित अपांग र पिछडिएको क्षेत्रबाट डा. नवराज जोशी विजयी भएका छन् । काठमाडैँमा यहि चैत २० र २१ गते ११ औ राष्ट्रिय सम्मेलन भएको थियो ।

 

 

 

 प्रकाशित :-  २०८२ चैत्र २२, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय