काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको निर्वाचनका लागि अध्यक्षमा पाँच जनाको उम्मेद्धारी परेको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा पाँच जनाको उम्मेद्धारी परेको महासचिवका उम्मेदवार मदन वलीले एडुहेल्थ खबरलाई जानकारी दिए ।

यसअघिका अध्यक्ष डा.झलक शर्मा गौतम सहित जगत नेपाली, रामहरी ढकाल, त्रिलोकचन्द्र गुरुङ र भीमराज सिंहको उम्मेद्धारी परेको हो । शर्माले स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख भएर जिम्मेवारी सम्हालिसकेका छन् ।
यस्तै महासचिवमा मदनकुमार ओली र अमृता बरालको उम्मेद्धारी परेको छ । वली यसअघि निर्वाचन आयोगका प्रमुख र सचिव हुन् भने बराल उपमहासचिव हुन् ।
९९ सदस्यीय केन्द्रिय कमिटी रहने गरी नयाँ नेतृत्व चयन गरिनेछ ।

महाधिवेशनमा भाग लिन देशभरिका स्वास्थ्यकर्मी काठमाडौंमा जम्मा भएका छन् ।

महासचिवमा उम्मेद्धारी दिएका वलीले स्वास्थ्यकर्मीको पेशागत हकहित आफ्नो प्रमुख एजेण्डा रहेको बताए । वलीले भने, ‘मेरो मुख्य एजेण्डा स्वास्थ्यकर्मीहरुको हक हित र एकिकृत स्वास्थ्य ऐन जारी गराउन पहल गर्ने रहेको छ । स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि प्रकारको दुव्र्यवहार, शोषण र अन्यायको विरुद्ध कडा रुपमा आवाज उठाउने, करार, अस्थायी तथा निजि क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको सेवा सुविधाको उचित व्यवस्थापनको लागि निर्णायक पहल गर्नेछु ।’

वलीसँग यसअघि स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठ, डा.दिपेन्द्ररमण सिंह र डा.आरपी विच्छाको सचिवालयमा काम गरेको अनुभव छ । वलीले महासंघको सचिवालय सदस्य, सचिव रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् । राम्रो काम गर्ने व्यक्तित्वको छवि बनाएका वली, संघको दाङ जिल्ला अध्यक्ष रहदा उत्कृष्ट जिल्ला कार्यसमिति दाङ बाट सम्मानित समेत भइ तेस्रो राष्ट्रिय महाधिवेशन समेत दाङमा सम्पन्न गराएका थिए ।
महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

 प्रकाशित :-  २०८२ जेष्ठ १९, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय