काठमाडौं । मेडिकल पत्रका प्रधान सम्पादक बुद्धि कटेलले ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ पाएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेल तथा सचिव डा. विकास देवकोटाले अवार्ड प्रदान गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयले कटेलसहित ७ जनालाई सो सम्मान गरेको हो ।

सुर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण न्यूनीकरण गर्न अनुसन्धानमूलक लेख, रचना, समाचार प्रकाशन तथा प्रसारण, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा निरन्तर पैरवी गरेवापत सम्मानित गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी पुष्पराज चौंलागाईं (अनलाइनखबर) , डा. तारासिंह बम (भाइटल स्ट्राटेजी), कल्पना आचार्य (हेल्थ टिभि अनलाइन), बुद्धि कटेल (मेडिकल पत्र), रूद्र कडरिया (क्यान्सर काउन्सिल नेपाल) र लक्ष्मीनारायण देवलाई पनि पुरस्कारसहित सम्मान गरिएको छ ।

 प्रकाशित :-  २०८२ जेष्ठ १८, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय