काठमाडौंः अर्थ मन्त्री बीष्णु पौडेलले आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएका औषधीहरूको आपूर्ति सुनिश्चित गरिने बताएका छन् ।
संसद्को संयुक्त बैठकमा बजेट बक्तव्यमार्फत् अर्थ मन्त्री पौडेलले वितरण गरिएका औषधीको अभिलेख राख्ने र वेबसाइटमा प्रकाशन गर्ने व्यवस्था मिलाइने बताएका हुन् । उनले यसका लागि २ अर्ब ६ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
प्रकाशित :- २०८२ जेष्ठ १६, बिहिबार

