काठमाडौं । औंलो अर्थात् मलेरीया विरुद्धको दिवसको अवसरमा नेपाल हेल्थ कर्भको समन्वयमा नेपाल हेल्थ कर्भको शाखाका रुपमा रहेको तीनकुनेस्थित कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्सको आयोजनामा शुक्रवार एप्पल इन्टरनेश्नल स्कुलमा सचेतनामुलक कार्यक्रम भएको छ ।
कार्यक्रममा मलेरीयाबाट बच्ने उपायको वारेमा कक्षा ८, ९ र १० का विद्यार्थीलाई जानकारी गराइएको थियो ।
सो अवसरमा नेपाल हेल्थ कर्भको शाखाका रुपमा रहेको तीनकुनेस्थित कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्सका ब्राण्ड एम्बेस्डर प्रशंसा भट्टराई, रेशम शाह, प्रीया शाह र प्रमिला खनालले विद्यार्थीहरुलाई अभिमुखिकरण गरेका थिए ।
झूलको प्रयोग नगरी सुत्ने बानी हटाउनुपर्ने, घर वरपर सफा राख्नुपर्ने, बाहिर बस्दा शरिर पुरै ढाक्ने पुरा कपडा लगाउनुपर्ने उपायबारे जानकारी गराइएको थियो । सरकारले शून्य मलेरीयाको लक्ष्य राखेपनि पुरा हुन सकेको छैन ।
लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयूक्त रोग औंलो विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाईन्छ । औंलोलाई अंग्रेजीमा मलेरीया भनिन्छ, आउनुहोस गएका वर्ष अनि दशकमा लाखौंको ज्यान लिएको यस रोगका बारेमा केही जानकारीतर्फ लागौ । एनोफेलिस लामखुट्टेको टोकाईबाट औंलोको संक्रमण मान्छेमा सर्नेगर्दछ । सन् २०१५ को अध्यन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरीयाको संक्रमण रहेको पुष्टी गरेको छ ।
विश्व स्वास्थ्य संगठनको सन् २०१६ को एक अध्यन अनुसार संसारभरिमा २ करोड १२ लाख मलेरिया संक्रमित रहेको र ४ लाख २९ हजार ले ज्यान गुमाईसकेको तथ्याङ्क छ, अफ्रिकी महादेशमा त यसको प्रकोप अझै बढी छ ।

