काठमाडौँ, । नेपालमा शिक्षितको तुलनामा औपचारिक शिक्षा नलिएका आमाहरुले बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले साक्षर भन्दा कम साक्षर आमाले आफ्ना बालबालिकालाई पूर्ण स्तनपान गराएको पाइएको जानकारी दिए ।
उनका अनुसार कुनै पनि औपचारिक शिक्षा नभएका ५९ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउदा आधारभूत शिक्षा लिएका ६१ प्रतिशत र माध्यामिक शिक्षा लिएका ५३ प्रतिशत आमाले स्तनपान गराउने गरेका छन् ।
उनले पढेलेखेका आमाहरुले पूर्ण स्तनपान गराउँदा स्तनको आकार विग्रन्छ भनेर नगराउने गरेको बताए ।
उनले पूर्ण स्तनपान नगराउनेमा धेरैजसो जागिर गर्ने आमा रहेको बताए ।
उनका अनुसार नेपालमा ५६ प्रतिशत आमाहरुले पूर्णस्तनपान गराउने गरेको छ । कोशीमा ५३ प्रतिशत, मधेशमा ६५ प्रतिशत, वागमतीमा ४३ प्रतिशत, गण्डकीमा ६४ प्रतिशत, लुम्बिनीमा ३६ प्रतिशत, कर्णालीमा ७४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७४ प्रतिशत आमाहरुले बच्चालाई पूर्णस्तनपान गराउने गरेका छन् ।
यस्तै २२ प्रतिशत आमाहरुले दूधदानीबाट बच्चालाई दूध खुवाउने गरेका छन् ।
यस्तै आर्थिक रूपमा उच्च आयका आमाको तुलनामा न्यून आय भएका आमाहरुले धेरै मात्रामा पूर्णस्तनपान गराउने गरेको पाइएको छ ।
शाखा प्रमुख थापाका अनुसार न्यून आय भएका ६४ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरको छन् । यस्तै उच्च आय भएका आमामध्ये ४४ प्रतिशतले मात्र र मध्यय आय भएका ६१ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन् ।
नेपालमा कुनै न कुनै समयमा स्तनपान गराउने ९९ प्रतिशत आमाहरु रहेका छन् । यस्तै जन्मेका एक घण्टाभित्र स्तनपान गराउने ५५ प्रतिशत र जन्मेको दुई दिनसम्म पूर्ण स्तनपान गराउने आमा ५९ प्रतिशत रहेको छ ।
तथ्याङ्क अनुसार दुई बर्षसम्म स्तनपान गराउने आमाको संख्या ९४ प्रतिशत रहेको छ ।
विश्वमा दुई जना नवजात शिशुमध्ये एक जना नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ ।

 प्रकाशित :-  २०८० पौष १५, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय