काठमाडौँ, । ललितपुर महानगरपालिकाले आजदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ ।
ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसर पारेर आज देखि महानगरभित्र स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेका हुन् ।
महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आजबाट नाम दर्ता गर्ने काम भएको भन्दै आगामी फागुन देखि उनीहरुले उपचार सेवा प्राप्त गर्ने बताए ।
महानगरले बीमाका लागि वडा नं ३ स्थित छावहालमा आफैले सञ्चालनमा ल्याएको सामुदायिक स्वास्थ्य प्रर्वद्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेर कार्यक्रम अघि सारेको हो ।
स्वास्थ्य बीमा बोर्डका अनुसार अब देशभर ७७ वटै जिल्लाका ७५० स्थानीय निकायमा स्वास्थ्य बीमा कार्यक्रम प्रारम्भ भएको छ ।

