काठमाडौं । विश्वविद्यालयले स्कुल अफ आर्ट्स अन्तर्गत अङ्ग्रेजी र आमसञ्चार तथा पत्रकारितामा स्नातक तहको नयाँ कार्यक्रम सुरु गरेको छ। चार वर्षे यो कार्यक्रम माघ महिनादेखि सञ्चालनमा आउनेछ। विश्वविद्यालयका अनुसार, विद्यार्थीले एउटै उपाधिबाट अङ्ग्रेजी र पत्रकारितामा विशेषज्ञता हासिल गर्दै भाषिक सिप, समालोचनात्मक सोच, रचनात्मक लेखन र मिडिया रणनीतिमा दक्षता प्राप्त गर्न सक्नेछन्।

स्कुल अफ आर्ट्सकी डीन एक्कुमाया पुनले यो कार्यक्रम बहुविधात्मक ज्ञान र व्यावसायिक सीप प्रदान गर्न तयार गरिएको बताइन्। “आजका स्नातकहरू बहुआयामिक क्षमतामा निपुण हुन आवश्यक छ, त्यसैले यो कार्यक्रमले विद्यार्थीलाई शैक्षिक तथा व्यावसायिक उत्कृष्टता हासिल गर्न सघाउनेछ,” उनले भनिन्। यस कार्यक्रमले अङ्ग्रेजी साहित्य, भाषिक अध्ययन, मिडिया अनुसन्धान, र सांस्कृतिक अध्ययनलाई विशेष प्राथमिकतामा राखेको छ।

कार्यक्रमले शिक्षा, पत्रकारिता, जनसम्पर्क, अनुसन्धान, कर्पोरेट सञ्चार, र प्रकाशन जस्ता क्षेत्रमा अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

प्राध्यापक डा. अभि सुवेदीले भाषा र सञ्चारलाई जोड्दै यस कार्यक्रमले शिक्षालाई विश्वव्यापी सन्दर्भमा सान्दर्भिक बनाएको बताए। कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि खुला यस कार्यक्रममा २० जना मात्र भर्ना गरिनेछ। विश्वविद्यालयले यस कार्यक्रमबाट नयाँ पुस्ताका विद्यार्थीलाई बहुआयामिक भूमिकाका लागि तयार पार्ने लक्ष्य राखेको छ।

 प्रकाशित :-  २०८१ पौष २३, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय