काठमाडौं । आगामी वैशाख १८ देखि २० गते सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको आयोजनामा चितवनमा सम्मेलन हुन लागेको आयोजक समितिका संयोजक अमेरीकास्थित हार्वर्ड मेडिकल स्कूलका सहप्राध्यापक मनोचिकित्सक डा.श्रीधर पौडेलले जानकारी दिए । सम्मेलन चितवन मेडिकल कलेजमा हुनेछ ।

सम्मेलनमा अमेरीकास्थित बोस्टन मेडिकल सेन्टरका प्राध्यापक डा. डेभिड हेण्डर्सन, विश्व स्वास्थ्य संगठनका डा.राजेश पाण्डव, ओरेक नेपालका प्रतिनिधि डा.रेणु अधिकारी, मानसीक अस्पतालका डा.कपील उपाध्याय वक्ताका रुपमा रहनुहुनेछ ।

आयोजक समितिका संयोजक डा. पौडेलले भने, “सम्मेलनमा एक सय भन्दा बढि प्रस्तुतीकरणहरु प्रस्तुत हुनेछन् । गाउँ र जिल्लामा बस्ने मानिसहरुलाई समेत मानसिक स्वास्थ्यको बारेमा जानकारी दिने उद्देश्य रहेको छ । ” सम्मेलनले मानसिक स्वास्थ्य सम्बन्धी घोषणापत्र जारी हुने आयोजकले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले यो सम्मेलनबाट आएका बिषय र एजेण्डाको निष्कर्ष सरकारलाई सुझाव दिने किसीमको हुनुपर्ने बताए ।

सम्मेलनको प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, विशिष्ट अतिथिका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटा रहनेछन् । सम्मेलनमा समुदायमा भएका मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमको कार्यान्वयनबारे छलफल हुने आयोजकले जनाएको छ ।

यसअघि पहिलो सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा भएको थियो ।

 प्रकाशित :-  २०८२ बैशाख १६, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय